धादिङ क्षेत्र नं १ मा नेकपा एमालेले अग्रता लिएको छ । सोमबार दिउँसोदेखि सुरु भएको मतगणनामा एमालेका उम्मेदवार भूमि त्रिपाठीले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र प्रसाद पाण्डेलाई उछिनेका हुन्।
पाण्डे बागमतीका मुख्यमन्त्री पनि हुन्। पाण्डेले नै मतगणनामा सुरुवाती अग्रता लिँदै आए पनि पछिल्लो मत परिणामअनुसार एमाले अगाडि गएको हो।
पछिल्लो परिणामअनुसार एमालेका भूमि त्रिपाठीले ६ हजार एक सय मत पाउनुभएको भने समाजवादीका राजेन्द्र पाण्डेले ५ हजार ९७१ मत पाउनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १ हजार ९५९ मत पाउनु भएको छ ।






प्रतिक्रिया