अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्यूठानमा जनमोर्चाकी दुर्गा पौडेलभन्दा एमालेका सूर्य थापा २ हजार ८५ मतले अगाडि

प्यूठानमा जनमोर्चाकी दुर्गा पौडेलभन्दा एमालेका सूर्य थापा २ हजार ८५ मतले अगाडि


प्यूठान – प्यूठानमा नेकपा एमालेका सूर्य थापाले अग्रता लिइरहनु भएको छ । पछिल्लो मत परिणाम अनुसार उहाँले ५ हजार ७२३ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३ हजार ६३८ मतका साथ पछ्याइरहनु भएको छ । पौडेल सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।

यसैगरी प्यूठान प्रदेशसभा (क) मा पनि एमाले उम्मेदवार नै अगाडि हुनुहुन्छ । एमालेका हरिप्रसाद रिजालले १ हजार ३७१ मत पाउँदा नेपाली कांग्रेसका सरोज थापा (रोज राणा)ले १ हजार ११५ मत ल्याउनु भएको छ ।

प्रदेशसभा (ख) मा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाइरहेका छन् भने एमाले उम्मेदवारले पछ्याइरहेका छन् ।