अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता निरन्तर

डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता निरन्तर


डडेल्धुरा – पछिल्लो मत परिणामअनुसार डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवा अग्रस्थानमा हुनुहुन्छ ।

सुरुआती चरणमावाट नै अगाडि देखिएका प्रधानमन्त्री देउवा १९ हजार ५९६ मत गणना हुँदा नौ हजार ७७३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पाँच हजार १९३ मत ल्याएर पछ्याइरहनु भएको छ ।

प्रधानमन्त्री देउवा र स्वतन्त्र उम्मेदवार सागरबीच चार हजार ५८० मतको फरक रहेको छ । यस्तै नेपाली कांग्रेस विपीका उम्मेदवार कर्णबहादुर मल्ललाई दुई हजार ६९४ मत प्राप्त भएको छ ।