अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँ-२: ४१ हजार मतगणना सकियो

तनहुँ-२: ४१ हजार मतगणना सकियो


तनहुँ – तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४१ हजार ६४९ मतगणना सकिएको छ । पछिल्लो सार्वजनिक नतिजाअनुसार कूल खसेको ६८ हजार २७१ मध्ये ४१ हजार ६४९ मतगणना सकिएको हो । सार्वजनिक परिणामअनुसार वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका शङ्कर भण्डारीले १९ हजार २३५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिस्पर्धी नेकपा एमालेका किरण गुरुङले १५ हजार ६९५ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले दुई हजार ७५१, राप्रपाका नरेन्द्रप्रताप महतले ६३० मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा–१ तर्फ नेकपा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले ६ हजार ६३७ मत प्राप्त गर्दा नेकपा एमालेका श्यामराजा महतले पाँच हजार ९१९ मत प्राप्त गर्नुभएको छ ।

 प्रदेशसभा–२ तर्फ नेपाली कांग्रेसका जितप्रकाश आलेले छ हजार ३५५ मत प्राप्त गर्दा नेकपा एमालेका केदार सिग्देलले छ हजार ११३ मत प्राप्त गर्नुभएको छ ।