अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पराजय व्यहोरे पनि देश र जनताको हितमा सदा समर्पित रहन्छु : राजन भट्टराई्

पराजय व्यहोरे पनि देश र जनताको हितमा सदा समर्पित रहन्छु : राजन भट्टराई्


काठमाडौं – काठमाडौं–४ मा एमालेका उम्मेदवार रहेका राजन भट्टराईले निर्वाचनमा लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया भएको र एक पटकको पराजय सधैँभरिको जय–पराजय हुन नसक्ने बताउनु भएको छ । उहाँले संसदीय निर्वाचनको तत्कालको जय–पराजयले व्यक्ति र पार्टीको तत्कालको अंक गणितमा फरक परे पनि राजनीतिको अथक, लामो र निरन्तरको यात्रामा यस्ता कुराले तात्विक प्रभाव नपार्ने बताउनु भएको हो । यही मान्यताका साथ आफू राजनीतिमा सक्रिय रहेने बताउनु भयो ।

सामाजिक सञ्जालमार्फत जारी मन्तव्यमा उहाँले भन्नुभएको छ– मेरो राजनीतिक सक्रियता आगामी दिनमा पनि यथावत् रहने छ। म पूर्ववत् मतदातासँगको साक्षात्कारमा रहिरहने छु । देश र जनताको हितमा मेरो जीवन सदा समर्पित रहने दृढता पुनः व्यक्त गर्न चाहन्छु ।

उहाँले काठमाडौँ क्षेत्र नम्बर ४ मा एमाले विजयी हुन नसके पनि देशका अन्य कतिपय ठाउँमा विजय हासिल गरिरहेको बताउनु भयो । यस्तै, समानुपातिक मतमा एमाले यसपटक पनि सर्वाधिक अग्रस्थानमा रहने दाबी गर्नुभयो । उहाँले भन्नुभएको छ, ‘विभिन्न शक्ति केन्द्रको एमालेविरोधी गठबन्धनको अवस्थामा पनि हाम्रो पार्टीलाई नेपाली जनताले भरपर्दो साथ र सहयोग दिएको यथार्थ हाम्रा सामु छर्लङ्गै छ। यसस्थितिमा पार्टीका आमकार्यकर्तालाई धैर्य, निष्ठा र भरोसाका साथ सक्रिय रहनसमेत हार्दिक आग्रह गर्दछु ।’

उहाँले काठमाडौं–४ बाट विजय कांग्रेसका गगन थापालाई बधाई दिनुभएको छ । यस्तै, मतदाता, निर्वाचन परिचालन कमिटीका सदस्य सबैलाई धन्यवाद दिनुभएको छ ।