काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ ।
काठमाडौँ क्षेत्र-२ ९१० मा राप्रपाका सुनिल केसी पाँच हजार ५९८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।
उहाँका प्रतिस्पर्धी सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गर्नुभएको छ । केसीले एक हजार पाँच सय १५ मत अन्तरले विजयी हुनुभएको हो । प्रदेशसभा ‘२’ को पनि मतगणना भइरहेको छ ।
प्रतिनिधिसभाको गणना जारी
प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र-२ को मतगणना जारी छ । अपराह्न ३ बजेसम्म २५ हजार ४४६ मतगना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम सात हजार १८७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ।
नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालले पाँच हजार ४९० मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तादेवी पोखरेलले पाँच हजार ५१ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । माओवादी केन्द्रका उम्मेदवार ओनसरी घर्तीले चार हजार ९२९ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिनुभयो । कूल ५२ हजार नौ सय ५७ मत खसेको थियो । सो क्षेत्रमा कूल ८१ हजार नौ सय ७० मतदाता रहेका छन् ।






प्रतिक्रिया