अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिकतर्फ एमाले पहिलो, एकीकृत समाजवादी दशौँ स्थानमा

समानुपातिकतर्फ एमाले पहिलो, एकीकृत समाजवादी दशौँ स्थानमा


काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक तर्फ नेकपा एमालेले अग्रता जारी राखेको छ।

निर्वाचन आयोगले सार्वजननिक गरेको पछिल्लो विवरण अनुसार एमालेले एक लाख ३ हजार ७६८ मत ल्याएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८८ हजार ४४४ मत ल्याएको छ। त्यसैगरी तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ। घण्टी चुनाव चिन्हमा उसले अहिलेसम्म ४६ हजार ६०७ मत ल्याएको छ। चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८ हजार ८७७ मत पाएको छ।

अहिलेसम्मको मतगणनामा राप्रपा पाँचौ नम्बरमा छ। राप्रपाको २६ हजार ३७८ मत ल्याएको छ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दशौं नम्बरमा छ। उसले अहिलेसम्म ५ हजार २२४ मत मात्रै पाएको छ।