ताप्लेजुङ – ताप्लेजुङमा मत गणना सुरु गरिएको छ । पहिला संघतर्फको गणना सकिएपछि प्रदेशतर्फको गणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाका दुर्गम तथा हिमाली भेगका मतपेटिका आज बिहान मात्र सदरमुकाम ल्याई पुऱ्याइएको थियो । फक्ताङलुङ गाउँपालिकामा पर्ने याङमा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका मतपेटिका पैदल र सवारी साधनमा हुँदै आज बिहान मात्र ल्याइएको हो ।
नेकपा एमालेबाट योगेशकुमार भट्टराई र नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई मुख्य प्रतिस्पर्धी मानिएको छ । प्रदेशसभामा प्रदेश १ (१) मा एमालेका तिलकुमार मेन्याङ्बो र नेकपा एकीकृत समाजवादीका खेमबहादुर वनेम तथा प्रदशसभा २ मा एमालेका गोपाल थोप्रा र नेपाली काँग्रेसका खगेनसिंह हाङ्गाम उम्मेदवार छन् ।






प्रतिक्रिया