धनुषा – प्रतिनिधिसभासभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा एमालेकी उम्मेदवार जुलीकुमारी महतो (महासेठ)ले अग्रता कायम राख्नु भएको छ ।
१३ हजार ६६१ मत गणना हुँदा महतोले ६ हजार २४३ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धी तथा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका लोसपा नेपालका नेता अनिलकुमार झाले ४ हजार ४३३ मत पाउनुभएको छ । यस्तै, जनमत पार्टीका शम्भुनाथ साहले एक हजार ८४१ मत पाउनु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म जनकपुरधाम वडा नं. १५ र २० तथा धनौजी वडा नं. १, २, ३, ४ र ५ वडाको मतगणना सम्पन्न भएको छ ।






प्रतिक्रिया