सिन्धुपाल्चोक-सिन्धुपाल्चोक क्षेत्र-१ मा एमालेका उम्मेदवार सरेश नेपालले अग्रता कायम गर्नुभएको छ । नेपालले ६ हजार ४६६ मत ल्याउदा उहाँका प्रतिद्धन्द्धी लोकतान्त्रिक वाम गठबन्धनका उम्ममेदवार माधव सापकोटाले पाँच हजार ५३६ मतले पछ्याइरहनुभएको छ । १५ हजार ३७४ मत गणना गर्दा सापकोटाभन्दा नेपाल ९३० मतले अगाडि हुनुहुन्छ ।
क्षेत्र नम्बर १ (क) मा एमालेका उम्मेदवार युद्धविक्रम तामाङले अग्रता लिईरहनुभएको छ । उहाँले सात हजार ३४६ मत ल्याउनुभएको छ भने गठबन्धनका उम्मेदवार कांग्रेसकी मसिना खड्काले सात हजार ३२८ मत छ । यी दुईबीचमा तामाङ १८ मतले अगाडि हुनुहुन्छ ।
यस्तै क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता लिनुभएको छ । बस्नेतले पाँच हजार ९५४ मत ल्याउँदा प्रतिद्धन्द्धी एमालेका उम्मेदवार शेरबहादुर तामाङले चार हजार ३८१ मत ल्छयाउनु भएको छ । बस्नेतभन्दा तामाङ एक हजार ५७३ मतले पछाडि हुनुहुन्छ ।
क्षेत्र नम्बर २ (क) मा गठबन्धन उम्मेदवार युवराज दुलालले अग्रता बनाउनुभएको छ । दुलालको पाँच हजार ९६८ मत छ ।






प्रतिक्रिया