अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा-५ मा एमाले अध्यक्ष ओलीको अग्रता कायमै

झापा-५ मा एमाले अध्यक्ष ओलीको अग्रता कायमै


झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र-५ बाट अग्रता कायम राख्नुभएको छ । मतगणनाको शुरुआत देखि नै उहाँ अग्रस्थानमा हुनुहुन्छ ।

अध्यक्ष ओलीले १७ हजार ४६८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार ३०७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी झापा ५ कै प्रदेशसभामा एमाले उम्मेद्वारले अग्रता कायम गरेका छन् । झापा–(१) मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गर्नुभएको छ । प्रारम्भिक परिणाम अनुसार उहाँले ९८१ मत प्राप्त गर्नुभएको छ । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले ६३२ मत प्राप्त गर्नुभएको छ ।

झापा–५ (२) मा एमालेका होमबहादुर थापा एक हजार २३४ मतसहित अगाडि हुनुहुन्छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरीले ७४८ मत प्राप्त गर्नुभएको छ ।