अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङमा योगेश भट्टराईको सुरुवाति अग्रता

ताप्लेजुङमा योगेश भट्टराईको सुरुवाति अग्रता


ताप्लेजुङ – ताप्लेजुङमा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले प्रारम्भिक अग्रता लिनुभएको छ ।

फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १०९ मत गणना हुँदा योगेशले ६८ मत प्राप्त गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले ३३ मत प्राप्त गर्नुभएको छ । यस्तै, राप्रपाका रामबहादुर कार्कीले २, जसपाका चन्द्र मादेनले १ र लोसपाका चैतन्य प्रकाश केदेमले १ मत प्राप्त गर्नुभएको छ । गणना भएको १०९ मतमध्ये ४ मत बदर भएको छ ।