काठमाडौँ – प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ । आज अपराह्न ५ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले एक लाख १३ हजार ४३६ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले ९७ हजार ८२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ हजार २९, नेकपा (माओवादी केन्द्र)ले ४१ हजार ८२३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ हजार ८२१, जनता समाजवादी पार्टी नेपालले नौ हजार १९, जनमत पार्टीले आठ हजार ४८४, नागरिक उन्मुक्ति पार्टीले छ हजार ५९, नेपाल मजदूर किसान पार्टीले पाँच हजार ६७१ र नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच हजार ४०३ मत प्राप्त गरेको छ ।
प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले २९ हजार ७५०, कांग्रेसले २४ हजार ९७७, माओवादी केन्द्रले १० हजार ३६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात हजार ५८० र जनता समाजवादी पार्टीले पाँच हजार १०४ मत प्राप्त गरेका छन् ।
मधेस प्रदेशमा कांग्रेसले पाँच हजार छ सय, एमालेले पाँच हजार ४८७, जनमत पार्टीले चार हजार ३९८, जनता समाजवादी पार्टी नेपालले दुई हजार ५२२ र माओवादी केन्द्रले एक हजार ९९५ मत प्राप्त गरेको छ ।
बागमती प्रदेशमा कांग्रेसले १५ हजार ९२१, एमालेले १५ हजार ५५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले नौ हजार पाँच सय छ, माओवादी केन्द्रले सात हजार ४५६ र नेपाल मजदुर किसान पार्टीले पाँच हजार १९ मत प्राप्त गरेका छन् ।
गण्डकीमा एमालेले २२ हजार ७०, कांग्रेसले १५ हजार सात सय ७१, माओवादी केन्द्रले चार हजार आठ सय ७५, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार हजार पाँच सय २४ र हाम्रो नेपाली पार्टीले एक हजार नौ सय ६० मत प्राप्त गरेको छ ।
लुम्बिनी प्रदेशमा एमालले ३२ हजार ४८, कांग्रेसले २३ हजार तीन सय ९९, माओवादी केन्द्रले १० हजार छ सय ५५, राप्रपाले सात हजार पाँच सय १९, नागरिक उन्मुक्ति पार्टीले पाँच हजार छ सय १९ मत प्राप्त गरेको छ ।
कर्णालीमा माओवादीले तीन सय ४३, एमालेले एक सय ७९, कांग्रेसले ९९, राप्रपाले ७० र हाम्रो नेपाली पार्टीले छ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको समानुपातिकतर्फको मत आयोगको प्रणालीमा प्रविष्ट हुन सकेको छैन ।






प्रतिक्रिया