अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई दिन घण्टीको दबाबपछि साँवाको २ हजार मतको अग्रता,फराकिलो मतान्तरले जित्ने दाबी

दुई दिन घण्टीको दबाबपछि साँवाको २ हजार मतको अग्रता,फराकिलो मतान्तरले जित्ने दाबी


काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार शम्भूप्रसाद ढकालको निरन्तरको अग्रत तोड्दै झापा ४ मा एमाले एलपी साँवाले अग्रता लिनुभएको छ ।
घण्टी चिन्हका ढकालले हिजो देखि साँवा र उहाँका मतदातालाई निराश पार्नेगरी एकोहोर अग्रता लिनुभएको थियो । कनकाई नगरपालिकाका केही वडाहरुमा ढकालको पकडका कारण साँवालई अग्रत लिन मुस्किल परेको थियो ।
तर आज दिउसो देखि कनकाई सकेर झापा गाउँपालिकाका मतपेटिका खोलिएपछि साँवाको अग्रता ह्वात्तै बढेको छ । निर्वाचन अधिकृतको कार्यलयका अनुसार साँवाको मत ८ हजार ५ सय २६ छ भने ढकाल ६ हजार ७ सय ४४ मतमा सिमित हुनुभएको छ । काँग्रेसका देउमान थेबे६ हजार ५ सय २८ मत लिएर ढकाललाई पछ्याइरहनु भएको छ ।
यो मतगणनालाई धेरैले गत स्थानीय निर्वाचनमा दुईदिन सम्म एमालेका मेयरका उम्मेद्वार राजेन्द्र पोखरेललाई स्वतन्त्र जेब्रा चिन्हका उम्मेद्वारले दुईदिनसम्म लिड गरेको रुपमा सम्झेका छन् । अब पकड एरिया आएकोले अग्रता कायमै रहेर फराकिलो मतान्तरमा विजय हुने एमाले कार्यकर्ताहरुको दाबी छ ।