काभ्रे – प्रतिनिधिसभा सदस्यका लागि काभ्रेपलाञ्चोक क्षेत्र नं १ को मतगणना जारी छ । पछिल्लो विवरणअनुसार हालसम्म चार हजार ८५ मत गणना भएको छ ।
मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईका अनुसार नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार सूर्यमान दोङले दुई हजार तीन सय ९१ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेकपा ९एमाले० का रेशमबहादुर लामाले एक हजार चार सय ७४ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको पनि मतगणना जारी छ ।






प्रतिक्रिया