पाल्पा – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत पाल्पाको क्षेत्र-२ मा पनि मतगणना जारी रहेको छ ।
हालसम्मको नतिजा अनुसार प्रतिनिधि सभातर्फ पाल्पा-२ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले अग्रता लिनु भएको छ । गैरेले ६ हजार ७६५ मत प्राप्त गर्नुभएको छ भने उहाँका मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले ५११७ मत प्राप्त गर्नुभएको छ ।
यसैबीच पाल्पा क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार नारायण आचार्यले ६०८१ मतसहित अग्रता कायम गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका ज्ञानबहादुर गाहाले २ हजार ६०१ मत प्राप्त गरेर दोस्रो स्थान कायम गरेको निर्वाचन कार्यालयले जनाएको छ ।






प्रतिक्रिया