अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मीमा गएराती जीप दुर्घटना हुँदा ४ जनाको मृत्यू

गुल्मीमा गएराती जीप दुर्घटना हुँदा ४ जनाको मृत्यू


काठमाडौं – गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । सत्यवती गाउँपालिका– ३, ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप बुधबार बिहान कुढडाडाँमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइते प्रहरीले जनाएको छ ।

राति करिब बुधबार बिहान २ बजे भएको दुर्घटनामा परी मृत्यु हुनेहरुमा सत्यवती– ३ का जिप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापति, २५ वर्षका मिलन तरामोको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो।