अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ–७ प्रदेश (२)मा एमालेका श्रेष्ठ विजयी

काठमाडौँ–७ प्रदेश (२)मा एमालेका श्रेष्ठ विजयी


काठमाडौँ-क्षेत्र नं ७ को प्रदेशसभा (२)मा नेकपा (एमाले)का उम्मेदवार प्रकाश श्रेष्ठ विजयी हुनुभएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको केहीबेर अघि सम्पन्न प्रदेशसभा (२)को मतगणनामा एमालेका श्रेष्ठले पाँच हजार दुई सय १८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङले पाँच हजार एक सय ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार लामाले दुई हजार सात सय ९७ मत प्राप्त गर्नुभएको छ ।