अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिकमा कसको कति मत ?

समानुपातिकमा कसको कति मत ?


काठमाडौं-प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख मत कटाएको छ । तेस्रो स्थानमा रहेको सो पार्टीले बुधबार बिहान साढे ८ बजेसम्म १ लाख १ हजार ५४३ मत प्राप्त गरेको हो ।

पहिलो स्थानमा रहेको एमालेले २ लाख २० हजार ५१७ मत प्राप्त गरेको छ भने कांग्रेसले १ लाख ९७ हजार ५४३ मत पाएको छ । यस्तै चौथो स्थानमा रहेको माओवादी केन्द्रले ९१ हजार ९५५ मत प्राप्त गर्दा राप्रपाले ५१ हजार मत कटाएको छ।

यस्तै जसपाले १६ हजार, जनमतले पनि १६ हजार तथा नेमकिपाले १३ हजार, नेकपा एकीकृत समाजवादीले ११ हजार तथा नागरिक उन्मुक्ति पार्टीले १० हजार समानुपातिक मत कटाएको छ । अन्य पार्टीको नाममा ४५ हजार मत आएको छ ।