अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उदयपुर-२ (१) मा माओवादीका नारायण बुर्जा मगर विजयी

उदयपुर-२ (१) मा माओवादीका नारायण बुर्जा मगर विजयी


उदयपुर – उदयपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका नारायण बहादुर बुर्जा मगर झिनो मतान्तले विजयी हुनु भएको छ ।

नेकपा एमालेका उम्मेदवारलाई ३५ मतान्तरले पराजित गर्दै मगर प्रदेश १ को प्रदेशसभा सदस्यमा विजयी हुनु भएको हो ।

सत्तारुढ गठबन्धनका उम्मेदवार मगरले ८ हजर १०५ मत ल्याउँदा उहाँका निकटतम  प्रतिस्पर्धी एमालेका देबराज राईले ८ हजार ७० मत ल्याउनु भएको थियो ।

यस प्रदेश सभामा जम्मा १८ हजार ६९९ मत खसेको थियो । यहाँ मंगोल नेशनल अर्गनाईजेसनका नरबहादुर थापाले ८ सय ६३ मत ल्याएर तेस्रो स्थान प्राप्त गर्दा राप्रपाका माला तामाङ्गले ४३२ मत ल्याएर चौथो स्थान हासिल गर्नुभयो ।

त्यस्तै जनता समाजवादी पार्टीका घनश्याम कटुवालले ३६६ मत ल्याएर अन्तिम पाचौं स्थान प्राप्त गर्नुभयो ।

मगर २०७४ सालम पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएको थियो ।