अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्ला प्रदेशसभा-२ मा एमालेका टेकराज पछाई विजयी

जुम्ला प्रदेशसभा-२ मा एमालेका टेकराज पछाई विजयी


जुम्ला – जुम्ला प्रदेशसभा–२ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार पदमबहादुर रोकायालाई हराउँदै नेकपा एमालेका उम्मेदवार टेकराज पछाई विजयी हुनुभएको छ ।

कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारी मन्त्री रोकायालाई पछाईले हराउनु भएको हो ।

पछाई ७ हजार ८१५ मतका साथ विजयी हुनुभएको हो । पराजित रोकायाले भने ६ हजार ७२२ मत ल्याउनुभएको छ । पछाई नेकपा एमाले प्रदेश कमिटी उपसचिवसमेत हुन्।

यस क्षेत्रमा जम्मा २० हजार ६१६ मत खसेको थियो।