ताप्लेजुङ – ताप्लेजुङको प्रारम्भिक मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले अग्रता लिनुभएको छ ।
सुरुदेखि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीसँग पछि परेका उहाँले सदरमुकाम फुङलिङ क्षेत्रमा आइपुगेपछि अग्रता बनाउनु भएको हो ।
ताजा अवस्थामा योगेश २० हजार २७२ मतसहित अगाडि लाग्नु भएको छ । उता माओवादीका बुढाक्षेत्रीले २० हजार १३७ मसतिहत पछ्याइरहनु भएको छ । यी दुईजनाबीच अहिले यहाँ मतान्तर १३५ रहेको छ। अब योगेशकै क्षेत्र मानिने फुङलिङ नगरपालिका ४, ५, ६, ७ र ८ नम्बर वडाको मतगणना गर्न बाँकी छ। आफ्नो प्रभाव क्षेत्र भएकाले योगेशले यहीँबाट चुनावी नतिजामा जित निकाल्ने विश्वास लिनुभएको छ ।






प्रतिक्रिया