अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलाली-३ मा नागरिक उन्मुक्तिको ‘क्लिन स्विप’

कैलाली-३ मा नागरिक उन्मुक्तिको ‘क्लिन स्विप’


कैलाली – कैलाली निर्वाचन क्षेत्र-३ अन्तर्गत प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ।

पाँचदलीय गठबन्धनलाई उछिन्दै कैलाली-३ मा नागरिक उन्मुक्तिले वर्चस्व जमाएको हो।

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार प्रदेशसभा १ मा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी विजयी हुनुभएको छ । उहाँ १३ हजार ९२३ मत सहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डंगौरा थारुले ११ हजार ५७२ मत ल्याउनु भयो । प्रदेशसभा-२ मा खुशीराम चौधरी ७ हजार ५३९ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउँदले ६ हजार ६१९ मत ल्याउनु भयो । यसअघि प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भइसक्नुभएको छ ।