अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाही-१ प्रदेश (२) बाट नेकपा एसकी बेची लुङ्गेली विजयी

सर्लाही-१ प्रदेश (२) बाट नेकपा एसकी बेची लुङ्गेली विजयी


सर्लाही – सर्लाही क्षेत्र-१ प्रदेशसभा (२) मा नेकपा एकीकृत समाजवादीकी बेची लङ्गेली प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ। उहाँले नेकपा एमालेकी शान्ति लामालाई फराकिलो मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

आज बिहान सार्वजनिक मतपरिणाअनुसार लामालाई ६ हजार ६९९ मतान्तरले पराजित गर्नुभएकी   लुङ्गेलीले १३ हजार ६७६ मत पाउनुभएको थियो । लामाले भने ६ हजार ९७७ मत मात्र प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै स्वतन्त्रतर्फको जेब्रा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार राजनकुमार श्रेष्ठले पनि पाँच हजार ९४५ मत ल्याउनुभयो । जिल्लाको निर्वाचन क्षेत्र नं १ को (२) बाट अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट विजयी हुनुभएकी लुङ्गेली पार्टी विभाजन भएपछि नेकपा एकीकृत समाजवादी पार्टीमा लाग्नुभएको थियो ।