ताप्लेजुङ – ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित हुनु भएको छ ।
मंगलवारबाट सुरू भएको मतगणना सकिँदा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन् । सचिव भट्टराईले २१ हजार ९४३ मत पाउनु भयो । माओवादीका खेलप्रसाद २१ हजार ७३८ मत पाउनु भएको थियो ।
उहाँ २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो ।






प्रतिक्रिया