बर्दिया – बर्दिया क्षेत्र-२ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित हुनुभएको छ ।
गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको हो। चौधरीले २६ हजार ५२० मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार ३८४ मत ल्याउनु भयो ।
यसैगरी नेकपा एमालेका पङ्कजसिँह राठौरले १६ हजार ९० मत ल्याउनु भयो भने राप्रपाका विनय रावलले १३ हजार २९२ मत पाउनु भयो ।
लालबीर रेशम चौधरीका बाबु हुन् । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिनुभएका लालवीर चौधरीलाई सहयोग गरेको थियो ।
बर्दिया-२ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार १९९ मत खसेको थियो भने पाँच हजार ३८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।






प्रतिक्रिया