बागलुङ – बागलुङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल दोस्रो पटक प्रतिनिधि सभा सदस्य चुनिनु भएको हो ।
२०७४ सालमा २८ हजार ८२७ मत ल्याएर सांसद चुनिनुभएका पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गर्नुभएको छ ।






प्रतिक्रिया