पर्सा – जनता समाजवादी पार्टी (जसपा)बाट पर्सा क्षेत्र नम्बर १ का प्रदीप यादवले खाता खोल्नुभएको छ ।
नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्धिवेदीलाई पराजित गर्दै यादव निर्वाचित हुनुभएको हो ।
यादवले २२ हजार ५३७ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वीले २० हजार ९१७ मत ल्याएर पराजित हुनु भएको छ । यादव र प्रतिद्वन्द्वीबीच १ हजार ६२० मत अन्तर छ । तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६५१ मत ल्याउनु भयो भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपाका नेता लक्ष्मणलाल कर्णले १ हजार ११७ मत मात्रै पाएका छन् ।
यादव २०७४ सालको चुनावमा यहीँ क्षेत्रबाट निर्वाचित हुनु भएको थियो । उहाँको यो दोस्रो पटकको संसद् यात्रा हो । पार्टी अध्यक्ष उपेन्द्र यादव भने सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका छन् ।






प्रतिक्रिया