अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा एमालेको अग्रता कायमै

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा एमालेको अग्रता कायमै


काठमाडौँ –  प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनाका आधारमा दलगत स्थिति हेर्दा नेकपा (एमाले)अग्रस्थानमा देखिएको छ । समानुपातिकतर्फको मतगणनाका आधारमा एमालेले २ लाख ४२ हजार ५३६ मत पाएको हो। 

दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले समानुपातिकतर्फ २ लाख १९ हजार ९०५ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले  १ लाख २२ हजार २९४ मत प्राप्त गरेको छ ।

त्यस्तै जसपाले १८ हजार, जनमत पार्टीले १७ हजार, नेमकिपाले १६ हजार, नेकपा एकीकृत  समाजवादी पार्टीले १३ हजार र नागरिक उन्मुक्ति पार्टीले ११ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।