कास्की – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्की-१ (२ मा नेकपा ९एमाले०का उम्मेदवार वेदबहादुर गुरुङ विजयी हुनुभएको छ ।
पोखरा-१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा आज सम्पन्न मतगणनामा एमालेका गुरुङले १२ हजार छ सय ६१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक गुरुङले ११ हजार सात सय ९४ मत ल्याउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का महेन्द्रबहादुर कार्कीले तीन हजार छ सय ५६ र हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले एक हजार पाँच सय ४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका ख्यामबहादुर गुरुङले चार सय ५८, जनता समाजवादी पार्टीका हर्कबहादुर गुरुङले तीन सय ६२, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका गौमती गुरुङले एक सय एक मत ल्याउनुभएको छ ।
सो क्षेत्रको प्रतिनिधिसभाको मतगणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा ९एमाले०का मनबहादुर गुरुङ अग्रता बनाउनुभएको छ ।






प्रतिक्रिया