अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले कटायो ३ लाख मत

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले कटायो ३ लाख मत


काठमाडौं – प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले ३ लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म भएको मतगणनामा एमालेले समानुपातिकतर्फ ३ लाख एक हजार ५९८ मत प्राप्त गरेको हो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ लाख ८० हजार २७२ मत प्राप्त गरेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी एक लाख ५१ हजार ५९ मतसहित तेस्रो स्थानमा रहँदा चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले एक लाख ३६ हजार ५९८ मत प्राप्त गरेको छ । यसैगरी पाँचौं स्थानमा रहेको राप्रपाले ७९ हजार ९२८ मत प्राप्त गरेको छ ।