अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२०४८ साल देखि निरन्तर चुनाव जितेका विरोधलाई हराउदै एमालेका महेश बर्तौला विजयी

२०४८ साल देखि निरन्तर चुनाव जितेका विरोधलाई हराउदै एमालेका महेश बर्तौला विजयी


काठमाडौं -२०४८ साल देखि निरन्तर चुनाव जित्दै आएका विरोध खतिवडालाई आफ्नै पूर्व कार्यकर्ताले यसपालीको निर्वाचनमा पराजित गरेका छन् ।मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर–२ एमालेका युवा नेता नेता महेशकुमार बर्तौला विजयी हुनुभएको छ । नेकपा एमालेका बागमती प्रदेशका उपसचिब समेत रहेका बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

बर्तौलाले सत्ता गठबन्धनका बिरोध खतिवडालाई पराजित गरेका हुन् । नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सरकारका पूर्व स्वास्थ्य मन्त्री खतिवडाले ३० हजार ३९६ मत प्राप्त गर्नुभएको हो । । खतिवडा ४ हजार २२० मतले पछि परेका हुन् ।

यस क्षत्रमा प्रतिष्पर्धामा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाएका छन् । कुल ८६ हजार ६ सय ५२ मत खसेको ८६ हजार ३ सय ३ गन्दा बर्तौलाले उत मत पाएका हुन ।