अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्की क्षेत्र नं २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित

कास्की क्षेत्र नं २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित


पोखरा – कास्की क्षेत्र नं. २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी हुनुभएको छ । उनले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गर्दै दोस्रो पटक संसद यात्रा निश्चित गरेकी हुन् ।

भट्टराईले १६ हजार ९९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कँडेलले १२ हजार ४९५ मत ल्याउन सफल भए । कँडेलले सुरुआती मतगणनामा लगातार अग्रता बनाइरहेका थिए । तर, पछि विद्याले उछिन्दै भारी मतान्तरसहित विजयी भएकी हुनुभएको हो ।

शिक्षण पेशामा रहेकी विद्या यसअघि सोही क्षेत्रबाट सांसद जितेका रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा मृत्यु भएपछि भएको उपचुनावमा निर्वाचित हुनुभएको थियो । विद्या स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी हुनुहुन्छ ।