अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली विजयी उत्सवमा सहभागी हुन झापा आउँदै

एमाले अध्यक्ष ओली विजयी उत्सवमा सहभागी हुन झापा आउँदै


झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएको प्रमाण पत्र लिन र विजय उत्सवमा सहभागी हुन आज झापा आउँदै हुनुहुन्छ । अध्यक्ष ओली बिहान ११ बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । 

दिउसो १ बजे दमक नगरपालिकास्थित झापा क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालयमा उहाँले विजयी भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम रहेको पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभयो । 

दाहालका अनुसार अध्यक्ष ओली आज दमक नगरपालिकामा आयोजना हुने विजय जुलुसमा सहभागी हुनुहुनेछ । भोलि कमल, गौरादह र गौरीगञ्जमा आयोजना हुने कार्यक्रममा उहाँको सहभागिता रहनेछ ।