रुपन्देही-रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा (एमाले) का लिला गिरी निर्वाचित हुनुभएको छ ।
एमाले पोलिटब्युरो सदस्य गिरी प्रदेशका पूर्वमन्त्रीसमेत हुनुहुन्छ । गिरीले १७ हजार छ सय ३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी (कुमार) ले १४ हजार नौ सय ९८ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिनुभयो ।
यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो । क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठ अगाडि हुनुहुन्छ ।






प्रतिक्रिया