सोलुखुम्बु – सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी हुनुभएको छ ।
राईले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गर्नुभएको हो । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाउनु भयो । तीन पटक मन्त्री भइसकेका केसीले गठबन्धनको बलमा चुनाव जित्ने धेरैको अनुमानविपरीत एमाले केन्द्रीय सदस्य राईले बाजी मार्नुभयो ।






प्रतिक्रिया