अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहा-३ प्रदेशसभा (१) मा एमालेका मनोजकुमार सिंह विजयी

सिरहा-३ प्रदेशसभा (१) मा एमालेका मनोजकुमार सिंह विजयी


लहान – प्रदेशसभाअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं ३ (१) बाट नेकपा (एमाले)का उम्मेदवार मनोजकुमार सिंह विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत काजीबहादुर राई दिनुभएको जानकारीअनुसार सिंहले १५ हजार ८८६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

सिंहका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामसगुन यादवले १२ हजार ८९९ मत प्राप्त गर्नुभयो । यस्तै जनमत पार्टीका उम्मेदवार दुष्यन्तकुमार कर्णले चार हजार सात सय ९३ मत प्राप्त गर्नुभयो ।