अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा-४ मा एमालेका साँवा विजयी

झापा-४ मा एमालेका साँवा विजयी


झापा – झापा क्षेत्र-४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार लालप्रसाद (एलपी) साँवा विजयी हुनुभएको छ । उहाँले २९ हजार ३१५ मत प्राप्त गरेर विजयी बन्नुभएको निर्वाचन अधिकृत प्रकाश गौतमले बताउनुभयो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार ४४८ मत प्राप्त गर्नुभएको छ । साँवाले विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बन्नुभएको थियो ।

यसैगरी घण्टी चुनाव चिह्नका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको भनाइ छ । एक लाख २३ हजार एक सय २४ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार ४८३ मतदाताले मतदान गरेका थिए । जसमा चार हजार ६४७ मत बदर छ ।