काठमाडौं – नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित हुनुभएको छ ।
गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार १२६ मत आउँदा नेकपा एमालेका कृष्णप्रसाद पौडेललाई २५ हजार ४४ मत प्राप्त भएको छ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।






प्रतिक्रिया