पर्वत – पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभाका दुई गरी तीनवटै सीट जितेर नेकपा एमालेले क्लिनस्वीप गरेको छ ।
प्रतिनिधिसतर्फ एमालेका पदम गिरीले कांग्रेसका अर्जुन जोशीलाई हराउनु भयो । गिरीले २७ हजार ८७२ मत पाउँदा कांग्रेसका जोशीले २९ हजार ६०९ मत पाउनु भएको छ । ६६ हजार २२६ मत खसेको पर्वतमा गिरीले जोशीलाई २ हजार २६३ मतले हराउनु भएको हो ।
२०७४ को निर्वाचनमा वाम गठबन्धनबाट गिरीले जोशीलाई १२ हजार ४५७ मतान्तरमा हराउनु भएको थियो । यस पटक भने एमालेबाट एक्लै लड्नु भएको थियो।
प्रदेशसभा १ मा एमालेका उम्मेदवार भक्तबहादुर कुँवरले माओवादीका सुदीप कुँवरलाई पराजित गर्नुभएको हो । प्रदेशसभा ‘ख’ मा पनि एमालेका उम्मेदवार मित्रलाल बस्यालले नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीलाई हराउनु भएको हो ।






प्रतिक्रिया