झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको सम्भावित संरचनाले सरकार बनाउने र भत्काउने खेल निरन्तर दोहोरिने बताउनु भएको छ ।
अध्यक्ष ओलीले निर्वाचित प्रमाणपत्र लिनुभएको छ ।अत्याधिक मतान्तरले झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएपछि विजय जुलुससहित आज निर्वाचित प्रमणपत्र लिन झापा पुग्नुभएको हो ।
उहाँसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिनुभएको छ।
प्रमाणपत्र ग्रहण पछि अध्यक्ष ओलीले भन्नुभयो, ‘अब सरकार बनाउन गाह्रो छ, बनाएपछि टिकाउन झन् गाह्रो हुने भयो ।’
अध्यक्ष ओली भन्नुभयो, ‘मिलिजुली सरकार बनाउनेतिर देश गयो । हरेक साँसदको भाउ बढ्यो । राजनीति १/२ महिना सरकार गठनको खेलमा निरन्तर दोहोरिने भयो ।’







प्रतिक्रिया