अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष केपी ओलीद्वारा निर्वाचित प्रमाणपत्र ग्रहण

एमाले अध्यक्ष केपी ओलीद्वारा निर्वाचित प्रमाणपत्र ग्रहण


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्नुभएको छ ।

आज गृह जिल्ला झापा पुगेर अध्यक्ष ओलीले प्रतिनिधि सभामा निर्वाचित भएकाे प्रमाणपत्र ग्रहण गर्नुभएकाे हाे । अध्यक्ष ओलीसहित प्रदेश सभामातर्फ निर्वाचित हुनुभएका हाेमबहादुर थापा र हिक्कमत कार्कीलाई  निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र प्रदान गर्नुभएकाे थियाे ।

अध्यक्ष ओली झापा क्षेत्र नम्बर-५ बाट अत्यधिक मतले विजयी हुनुभएकाे छ ।