अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिक मत परिणाम : एमाले अग्रता बढाउँदै, कांग्रेस पछ्याउँदै

समानुपातिक मत परिणाम : एमाले अग्रता बढाउँदै, कांग्रेस पछ्याउँदै


काठमाडौं-समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेको मत ८ लाख ९४ हजार ४०९ मत ल्याएको हो ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ५७ हजार ६२१ मत ल्याएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ३२ हजार ५७५ मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख २ हजार ४९९ मत रहेको छ ।

राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको २ लाख ३३ हजार ३७५ मत रहेको छ भने जसपा नेपालको १ लाख १२ हजार ६७९ रहेको छ । जनमत पार्टीले ६७ हजार ६१४ प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)को ६२ हजार ५४७ मत रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीको ६१ हजार ७०४ मत रहेको छ भने नेपाल मजदुर किसान पार्टीले ५६ हजार १८३ मत पाएको छ ।