धनुषा – धनुषा क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) बाट नेकपा एमालेका उम्मेदवार दिपेन्द्र कुमार ठाकुर निर्वाचित हुनुभएको छ ।
निकटतम प्रतिस्पर्धी परमेश्वर साह सुडीलाई १ हजार ४०३ मतान्तरले हराउँदै ठाकुर निर्वाचित हुनुभएको हो ।
ठाकुरले ८ हजार २२० मत पाउँदा साहले ६ हजार ८१७ मत पाउनुभएको छ ।
यस्तै जनमत पार्टीका राम बाबु साह कलवारले ३ हजार ६०५ मत, तराई मधेश लोकतान्त्रिक पार्टीका मोहम्मद असगर अली राइनले ३ हजार २११ मत र स्वतन्त्र उम्मेदवार हरि शंकर साहले २ हजार ९९८ मत ल्याउनुभयाो ।






प्रतिक्रिया