झापा-झापा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित एलपी साँवाले विजयी र्याली सुरु गर्नुभन्दा अगाडि सुखानीका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । आज बिहान सहिद सुखानी पार्क सालबारी गएर सुखानीका सहिदहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
त्यसअवसरमा उहाँले आफ्नो कार्यकालमा देश र जनताको भलाइका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । सुखानीका सहिदहरुको बलिदानकै कारण आज आफूहरूले लोकतन्त्र र गणतन्त्रको उन्नत अभ्यास गर्न पाएको सावाको भनाई छ । आज १२ बजेपछि साँवाको विजयी र्याली रहेको छ ।








प्रतिक्रिया