कास्की – गण्डकी प्रदेश सभाको कास्की १ (१) बाट नेकपा एमालेका खगराज अधिकारी निर्वाचित हुनुभएको छ ।
माओवादी केन्द्रका दीपक कोइरालालाई तीन हजार ९९६ मतले हराउँदै अधिकारी निर्वाचित हुनुभएको हो ।
अधिकारीले १५ हजार ५२३ प्राप्त गर्नुभयो । कास्की १ (१) मा कुल ३६ हजार ६५५ मत खसेको थियो । गण्डकी प्रदेश सभामा एमालेले कूल ११ सिट जितेको छ ।






प्रतिक्रिया