अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिराहा-३ बाट एमालेका लीलानाथ श्रेष्ठ विजयी

सिराहा-३ बाट एमालेका लीलानाथ श्रेष्ठ विजयी


सिरहा – सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

आज दिउँसो सकिएको मतगणना अनुसार श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाउनु भएको छ ।

जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोवद्र्धनदास तत्माले १ हजार २५९ मत पाउनु भएको छ । यो क्षेत्रबाट २०७४ सालमा एमालेका लीलानाथ श्रेष्ठ नै निर्वाचित हुनुभएको थियो ।