अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याङ्जा-१ (२) बाट एमालेका सुधिर कुमार पौडेल विजयी

स्याङ्जा-१ (२) बाट एमालेका सुधिर कुमार पौडेल विजयी


स्याङ्जा – स्याङ्जा क्षेत्र नम्बर-१ को प्रदेशसभा २ बाट नेकपा एमालेका सुधिर कुमार पौडेल निर्वाचित हुनुभएको छ ।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार बुद्धिबहादुर राना ‘कुमार’लाई पराजित गर्दै पौडेल निर्वाचित हुनुभएको हो ।

एमालेका उम्मेदवार पौडेलले १७ हजार ४४१ मत प्राप्त गर्दा रानाले १७ हजार ४३५ मत प्राप्त गर्नुभएको छ। एमालेको किल्लाका रुपमा परिचित क्षेत्रमा पौडेलको विजयले एमालेमा थप उर्जा थपेको छ भने काँग्रेस निराश भएको छ ।