सिन्धुपाल्चोक – दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार लामोसाँघु मुडे सडकखण्डको लिसंखुपाखर गाउँपालिका-५ स्थित उन्नाइस किलो भन्ने ठाउँमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी नायब उपरीक्षक शिव बुढथोकीका अनुसार ब्रेक फेल भएर बा ३ ख १७९५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ सडक छेउमा पल्टिँदा दुर्घटना हुन पुगेको हो ।
उहाँका अनुसार बसमा ३५ यात्रु सवार थिए । जसमध्ये घाइते भएका ११ यात्रुलाई उद्धार गरेर बलेफी गाउँपालिकाको खाडीचौरको सिन्धुसदाबहार अस्पतालमा लगिएको उहाँले बताउनु भयो ।
‘११ घाइतेको अवस्था आहिले सामान्य छ, केही त घर फर्किरहेका छन्, चालकलाई नियन्त्रणमा लिएका छौं, आवश्यक सोधपुछ र थप अनुसन्धान भइरहेको छ,’ डीएसपी बुढाथोकीले बताउनु भयो ।





प्रतिक्रिया