झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मतदान गरेर सर्वाधिक जिताउने झापा-५ का जनतालाई धन्यवाद दिनुभएको छ ।
२०४८ सालदेखि २०६४ सालको अपवादलाई छोडेर नियमित रुपमा आफूलाई जिताएका कारण यस क्षेत्रका विकासमा महत्वपूर्ण योगदान पुगेको छ ।
झापा क्षेत्र ५ का विभिन्न ठाउँमा मतदाताहरुलाई धन्यवाद दिएर गौरीगन्जको आयोजना भएको कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो ।
देशमा स्थिरता र स्थायित्वका लागि जे जस्तो परिणामा आउनु पर्ने थियो त्यसमा भूलचुक भएको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले सरकारले निर्वाचनमा मात्र होइन मत गणना पनि व्यापक धाँधली गरेको बताउनु भएको छ । ‘गठबन्धन सरकारले निर्वाचनमा धाँधली गर्यो गर्यो, मत गणना पनि धाँधली गरेको छ ।’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यसको पछिल्लो उदाहरण धनुषाको क्षेत्र नम्बर २ हो ।’ उक्त क्षेत्रमा गएराति प्रहरी व्यापक मात्रमा परिचालन गरी गठबन्धनका उम्मेदवारलाई विजय घोषणा गरेको छ ।











प्रतिक्रिया